काठमाडौं । गण्डकी प्रदेश सरकार धरापमा परेको छ । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएपछि नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार धर्मराएको छ ।
मुख्यमन्त्री गुरुङविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने समेत जनमोर्चाले स्पष्ट पारेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका छन् । केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन यसअघि नै जनमोर्चाले फिर्ता लिइसकेको छ ।
गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चासँग तीन सांसद छन् । जनमोर्चाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गुरुङको सरकारलाई दिइएको सांसदको समर्थन पुग्दैन । ओली असंवैधानिक तरिकाले संसदको विघटन गरेपछि जनमोर्चाले उनको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको हो । अध्यक्ष केसीले वक्तव्यमा भनेका छन् ‘उनका त्यसप्रकारका क्रियाकलापहरूबाट २०६२÷६३ को महान जनआन्दोलनका उपलब्धीहरु गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता आदिमाथि गम्भीर खतरा उत्पन्न भएको छ । देशमा प्रतिगमनको खतरा बढेको छ ।
देशी–विदेशी शक्ति केन्द्रहरुको सक्रियता बढेको छ ।’ राजनीतिक अन्योलको स्थितिको अन्त्यका लागि केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनु नै उपयुक्त रहेको केसीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ बैशाख २०७८, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता