काठमाडौँ । गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनीमा २ बालकको खोलामा डुवेर मृत्यु भएको छ ।
मदाने गाउँपालिका १ अग्लुङ घर भएका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका ५ खुँगका ८ बर्षका गोविन्द विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए ।
उनका अनुसार मंगलबार बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा डुवेर ज्यान गएको हो । दुवै शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रम जारी रहेको प्रहरी नायव उपरिक्षक पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३१ चैत्र २०७७, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु