काठमाडौँ । गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनीमा २ बालकको खोलामा डुवेर मृत्यु भएको छ ।
मदाने गाउँपालिका १ अग्लुङ घर भएका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका ५ खुँगका ८ बर्षका गोविन्द विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए ।
उनका अनुसार मंगलबार बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा डुवेर ज्यान गएको हो । दुवै शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रम जारी रहेको प्रहरी नायव उपरिक्षक पाण्डेयले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३१ चैत्र २०७७, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु