तत्काल लकडाउन नहुने, शैक्षिक संस्थाहरु पनि बन्द नगरिने

सफल खबर संवाददाता

मंगलबार, ३१ चैत्र २०७७, १० : ४३
तत्काल लकडाउन नहुने, शैक्षिक संस्थाहरु पनि बन्द नगरिने

काठमाडौँ । सरकारले तत्काल लकडाउन नगर्ने भएको छ । शैक्षिक संस्थाहरु पनि सुचारु राख्ने भएको छ । कोभिड– १९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै लकडाउन गर्ने चर्चा चले पनि तत्काल लकडाउन नगर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । 

विद्यालयहरु बन्द गर्न सीसीएमसीले सिफारिस गरे पनि सरोकारवालाहरुको रायलाई समेत ध्यान दिँदै तत्कालका लागि शैक्षिक संस्थाहरु बन्द नगर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । क्याबिनेटले सीसीएमसीको सिफारिसमाथि छलफल गर्दै तत्काल लकडाउन नगर्ने र शैक्षिक संस्थाहरु पनि सुरु राख्ने निर्णय गरेको छ । 
संक्रमण फैलन नदिन सचेतना जगाउने र जनतालाई सजग गराउने मन्त्रिपरिषद्को निर्णय छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बढ्दो जोखिमबारे सजग हुन र रोकथामका उपायहरु अवलम्बन गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।

विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्बन गर्न भनिएको छ । मन्त्रिपरिषदले तत्काल लकडाउन नगर्ने निर्णय लिएको छ । स्थानीय तहको स्थिति हेरेर भिन्नाभिन्नै ठाउँका लागि ठो निर्णय लिने बताइएको छ । तर, भीडभाडयुक्त ठाउँहरुको हकमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु कडाइका साथ लागू गरिने मन्त्रिपरिषदको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस