माकुरमाकुर परेवा ढुकुरकुर ढुकुर
घर त मेरो भरतपुर छैन धेरै दूर
भेट्ने भए आऊ माया चौबिसकोठीमा
खोलीदिन्छु मनपेट एकैचोटीमा
छैन बाटो चिटिक्क टेकिन्छ नि घुर
घर त मेरो भरतपुर छैन धेरै दूर
बीसहजारी तालतिर घुम्न जाऔँला
पटिहानी पुगेर खाजा खाऔँला
तिम्रो मन जितेर माया गाँस्ने सुर
घर त मेरो भरतपुर छैन धेरै दूर
प्रतिक्रिया दिनुहोस
सूर्यप्रकाश कँडेल
सोमबार, ३० चैत्र २०७७, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टाइगर–३ को नयाँ गीत रिलिज
रेशम चौधरीको ‘कस्तो होला भाटु राजाको दरबार’ गीतको भिडियो सार्वजनिक
‘नाटुनाटु’ ले जित्यो सर्वोत्कृष्ट गीतको ओस्कार अवार्ड