माकुरमाकुर परेवा ढुकुरकुर ढुकुर
घर त मेरो भरतपुर छैन धेरै दूर
भेट्ने भए आऊ माया चौबिसकोठीमा
खोलीदिन्छु मनपेट एकैचोटीमा
छैन बाटो चिटिक्क टेकिन्छ नि घुर
घर त मेरो भरतपुर छैन धेरै दूर
बीसहजारी तालतिर घुम्न जाऔँला
पटिहानी पुगेर खाजा खाऔँला
तिम्रो मन जितेर माया गाँस्ने सुर
घर त मेरो भरतपुर छैन धेरै दूर


प्रतिक्रिया दिनुहोस
सूर्यप्रकाश कँडेल
सोमबार, ३० चैत्र २०७७, १५ : ०८
लेखकबाट थप