काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका राजनीतिक समस्या संवैधानिक रुपमै समाधान हुने हुँदा लगानीकर्ताले चिन्तित हुनु नपर्ने बताएका छन् । विश्व बैंकद्वारा सार्वजनिक गरिएको नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले राजनीतिक रुपमा देखिएका सबै समस्या संवैधानिक तवरबाटै हल हुने बताएका हुन् ।
त्यसअघि विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा उत्पन्न राजनीतिक परिस्थितिले लगानीकर्तामा अन्यौल सिर्जना गरेको उल्लेख थियो ।कोरोना भाइरसको महामारीका बीच उत्पन्न राजनीतिक अन्यौललाई विश्व बैंकले समेत चासोका साथ हेरेको छ । त्यस चासोलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोरोना महामारीको दोस्रो वेवबाट नेपाली जनता र अर्थतन्त्रलाई बचाउन समेत सरकार क्रियासिल रहेको बताए ।
‘निरन्तर वृद्धि भइरहेको नेपालको अर्थतन्त्रलाई कोभिडले असर गरेको छ,’उनले भने ‘यो समस्यालाई यहाँहरुको उत्साह र समर्थनबाट नेपाल सरकारले सुझबुझ पूर्ण तरिकाले समाधान गरिरहेको छ ।’
उनले एक पटक खोप लगाएका नागरिकलाई दोस्रो डोज खोप वितरण गर्न र एक पटक पनि नलगाएका नागरिकलाई खोप उपलब्ध गराउन सरकारले काम गरिरहेको समेत बताए ।
अर्थमन्त्रीको संयोजकत्वमा आर्थिक आर्थिक पुनरुत्थान, पुनसंरचनाबारे सुझाव दिन परामर्श समितिले काम गरिरहेको जानकारी गराउँदै अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्र र विकास साझेदार संस्थासँग समन्वय गरेरै अगाडी बढ्ने उल्लेख गरे ।
सरकारले नयाँ बजेटको तयारीमा जुटेको भन्दै उनले अबको बजेट समेत कोरोनाको प्रभाव न्यूनिकरणा केन्द्रित हुने जानकारी गराए । विश्व बैंकले चालु आवमा २.७ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपणसहित नेपाल विकास अपडेट सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० चैत्र २०७७, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने