आइपिएल : कोलकातासँग हैदरावाद १० रनले पराजित

एजेन्सी

सोमबार, ३० चैत्र २०७७, ०८ : ३८
आइपिएल : कोलकातासँग हैदरावाद १० रनले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा कोलकाता नाइट राइटर्स विजयी भएको छ । चेन्नईमा भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गरेको हो ।

१८८ रनको लक्ष्य पछ्याएको हैदरावादले पाँच विकेटको क्षतिमा मात्रै १७७ रन बनाउन सक्यो । उसका लागि मनिष पाण्डेले ४४ बलमा ६१ तथा जोनी बेर्स्टोवले ४० बलमा ५५ रनको योगदान गरे पनि हार टार्न सकेनन् ।

पहिले ब्याटिङ्ग गरेको कोलकाताले ६ विकेटको क्षतिमा १८७ रन बनाएको थियो । उसका लागि नितिश राणाले ५६ बलमा ८० तथा राहुल त्रिपाठीले २९ बलमा ५३ रन बनाए ।

प्रतिक्रिया दिनुहोस