काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको विभिन्न मानपदवी तथा पदकको बीच भागमा रहेको नेपालको चुच्चे नक्सा नभएपछि नेकपा एमाले माधव नेपाल पक्षका नेता भीम रावलले प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका हुन् ।
उनले लेखेका छन्, ‘राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो रु प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्छ । यसो हुनुको कारण कतै वालुवाटारमा प्रमंको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसँगको मन्त्रणा त होइन ?’
राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको विभिन्न मानपदवी तथा पदकको बीच भागमा रहेको नेपालको नक्सामा सुदूरपश्चिम प्रदेशमा रहेको लिपुलेक, लिम्पियाधुरा समेटिएको भूभागसहितको चुच्चे नक्सा गायब भएको छ । यसको सामाजिक सञ्जालदेखि सवत्र्र विरोध भइरहेको छ ।
अब दिइने विभूषणमा नयाँ नक्शा राखिने गृह मन्त्रालयको स्पष्टीकरण दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ चैत्र २०७७, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै