महामारीमा जेललाई सुरक्षित पार्न दर्जनौं कैदीलाई रिहा गरिने

एजेन्सी

शनिबार, २८ चैत्र २०७७, २१ : ०९
महामारीमा जेललाई सुरक्षित पार्न दर्जनौं कैदीलाई रिहा गरिने

बहराइन । बहराइनले कोभिड–१९ को महामारीमा जेलमा रहेका कैँदीहरू असुरक्षित भएको भनी कैँदीका आफन्तहरूले विरोध जनाएपछि जेलमा रहेका राजनीतिक बन्दीसहित दर्जनौं व्यक्तिलाई रिहा गरिदिने भएको छ । 

बहराइनको मानव अधिकारवादी संस्थाका अनुसार जेलमा भीडभाड हुँदा कैँदीहरूमा कोभिड–१९ सङ्क्रमणको सम्भावना बढी भएको भन्दै उनीहरूलाई रिहा गरिने भएको हो ।

बहराइनको मानव अधिकारवादी संगठनका अनुसार सरकारी अधिकारीहरूले जेलमा रहेका राजनीतिक बन्दीसहित करिब २०० जनालाई रिहाईका लागि प्रक्रिया अघि बढाइएको छ । उक्त योजना अन्तर्गत राज्यको फावस्थित जेलबाट १६६ कैँदी रिहा भइसकेका छन् भने अन्यलाई आवश्यक कानूनी प्रक्रिया पु¥याएर रिहा गरिनेछ ।

रिहा हुनेमा बहराइनका चिरपरिचित अधिकारकर्मी नबिल राजबका अविभावक ७५ वर्षीय मोहम्मद जावेद पनि रहेको जानकारी गराइएको छ । उहाँले १० वर्षदेखि जेल जीवन बिताउँदै आउनुभएको थियो ।

जेलमा रहेका तीन व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएपछि आपन्तजन र परिवारका सदस्यले कैदीको स्वास्थ्य सुरक्षाप्रति चासो व्यक्त गर्दै जेल प्रशासनमार्फत् सरकारलाई विरोध पत्र पठाउनुका साथै रिहाइको माग गर्दै आन्दोलन गर्दै आएका थिए । 

लन्डनस्थित ‘बहराइन इन्स्टिच्युट फर राइट्स एण्ड डेमोक्रेसी’ले दर्जनौं बन्दीहरूमा कोभिड–१९ सङ्क्रमण फैलिएको बताएको छ ।