सिके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन जनकपुरमा शुरु

सफल खबर संवाददाता

शनिबार, २८ चैत्र २०७७, १० : ३९
सिके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन जनकपुरमा शुरु

जनकपुर । सिके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन शनिबारदेखि जनकपुरको बाह्रविघामा सुरु हुने भएको छ । सो महाधिवेशनमा पाँच हजार प्रतिनिधि र २५ हजार स्वयंसेवकको सहभागिता रहने नेता चन्दन सिंहले जानकारी दिए । 

उनका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । एक दिवसीय महाधिवेशन भएको हुनाले उद्घाटन सत्रका लागि अन्य पार्टी, संघ, संगठनका प्रतिनिधिलाई अतिथि तथा वक्ताको रुपमा निमन्त्रणा गरिएको छैन ।

कार्यक्रमको प्रमुख अतिथि सिके राउत स्वंय रहने छन् भने अतिथिका रुपमा सहिद परिवार, जेलनेल भोगेका तथा घाइते, आन्दोलनका क्रममा मुद्दा खेपेकाहरुलाई बनाउने तयारी रहेको छ । उद्घाटन सत्र सकिएपछि आजै नै ३ बजेदेखि बन्दसत्र सुरु हुने पार्टीका नेता दीपक साहले बताए ।

प्रतिक्रिया दिनुहोस