काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्लोभाक गणन्त्र स्लोभाकको प्रधानमन्त्रीमा एडुवार्ड हेगेर नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले स्लोभाकका प्रधानमन्त्री हेगेरलाई आज एक बधाई सन्देश पठाउँदै दुई देशबीचको सम्बन्ध सुमधुर रहेकामा सन्तुष्टि व्यक्त गर्नुभएको छ ।
सन्देशमा उहाँले द्विपक्षीय सम्बन्धलाई व्यापार, लगानी र प्रविधिका क्षेत्रमा अझ विस्तार गर्ने नेपालको चाहना व्यक्त गर्नुका साथै जनस्तरको सम्बन्ध र सम्पर्कलाई सुदृढ तुल्याउने अभिलाषा प्रकट गर्नुभएको छ । कोभिड–१९ को महामारीविरुद्धको स्लोभाक गणतन्त्रको लडाइँप्रति प्रधानमन्त्री ओलीले ऐक्यबद्धता जनाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इभान कोर्कोक गणतन्त्र स्लोभाकको परराष्ट्र तथा युरोपेली मामिलामन्त्री नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । उहाँलाई आजै पठाउनुभएको बधाई सन्देशमा मन्त्री ज्ञवालीले भूपरिवेष्टित एवं पर्वतीय देश नेपाल र गणतन्त्र स्लोभाकले साझा चासोका विषयमा द्विपक्षीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा सघन साझेदारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आजै परराष्ट्रमन्त्री ज्ञवालीले ब्राजिलको विदेशमन्त्रीमा कार्लोस अलवेर्टो फ्राङ्को फ्राङ्का नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । नवनियुक्त विदेशमन्त्रीलाई पठाउनुभएको बधाई सन्देशमा मन्त्री ज्ञवालीले व्यापार, लगानी, कृषि प्रविधि तथा पर्यटन क्षेत्रमा द्विपक्षीय सहयोग प्रवद्र्धनको अवसर नेपालले खोजिरहेको उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २७ चैत्र २०७७, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना