वर्तमान सरकारको विकल्प खोज्नुपर्छ : रामचन्द्र पौडेल

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०७७, १३ : ५४
वर्तमान सरकारको विकल्प खोज्नुपर्छ : रामचन्द्र पौडेल

file-photo

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् ।निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै उनले केपी ओली सरकारको विकल्पका लागि काँग्रेसले उद्दार भएर सम्झौता गर्नुपर्ने पौडेलको भनाइ छ ।

‘विकल्पका लागि हामी उदार बनेर जसरी विकल्प आउँछ त्यसरी हामीले सम्झौता गर्नुपर्छ ।’आजै अपरान्ह तीन बजे तीन दल काँग्रेस, माओवादी केन्द्र र जसपा बीच सत्ता समीकरणबारे छलफल हुँदैछ । उनीहरुसँग मिलेर ओली सरकार बदल्न इमान्दार प्रयत्न गर्नुपर्नेमा पौडेलको जोड छ ।

‘हामीले एउटा चान्स मिस गरेकै हो । फेरि अर्को चान्स मिस गरियो भने न रुन न हाँस्न पाउँछौ । प्रधानमन्त्रीले संसदको रोस्टम प्रयोग नगरेका बेला प्रतिपक्षले गरेकी गरेनन् त्यसको पनि इतिहासमा समीक्षा हुनेछ’ उनले भने ।

उनले अगाडि भने, ‘हामीले सत्ताभन्दा व्यवस्थालाई महत्व दिनुपर्छ । नीति बनाएर इमान्दार प्रयत्न गर्यो भने सत्ता आफैं आउँछ । आज हामी एउटै कुरा सोचौं लोकतन्त्र कसरी बचाउने ? लोकतन्त्रलाई बचाउन हामीले आफूलाई पनि बचाउनुपर्छ । समुदायलाई लोकतान्त्रिकरण गर्न आफूलाई पनि लोकतान्त्रिकरणका लागि तयार राख्नुपर्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस