काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक वस्तुको आयात रोकेर नेपालमा नै उत्पादन वृद्धि गर्दा वैदेशिक व्यापार घाटा सन्तुलनमा आउने बताएका छन् ।नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको उद्योग र व्यापारका क्षेत्रका लागि सरकारले आवश्यक अनुसार काम गर्न तयार रहेको बताए ।
उनले अहिलेको सरकारले सबै क्षेत्रको मात्रै अध्ययन गरेर विकास गरिरहेको र त्यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए ।‘हामी काम गर्न नदिने तत्वहरूलाई पन्छाउँदै अगाडि बढिरहेका छौं । क्षमता बोकेका मान्छेहरूले देशलाई अगाडि बढ्न सहयोग गरिरहेका पनि छन्,’ प्रधानमन्त्री ओलीले भने ।
नेपालमा एउटा उद्योग सञ्चालन गर्दा पूरा गर्नुपर्ने प्रक्रिया लामो भएको र अब त्यसलाई सहज बनाउन सरकार लागि पर्ने समेत प्रधानमन्त्रीले बताए । उद्योग सञ्चालनका लागि योजना बनाएर कार्यन्वनमा लैजाने बेलासम्म मानिसको आधा उमेर भएकाले त्यसलाई संशोधन गरेर लैजाने उनले बताए ।
सरकार उद्योगधन्दाको सबै काम सहज बनाउन एकल बिन्दु सेवा केन्द्रको स्थापना गरेर दर्ता र नवीकरणलगायतका काममा सहजीकरण गर्न लागि परेको छ । झन्झटीलो प्रक्रियालाई परिवर्तन गरेर सरल बनाउँदै निजी क्षेत्रलाई अगाडि बढ्ने वातावरण सकारले निर्माण गर्नेछ । उनले भने, ‘अब अतिआवश्यक वस्तुमात्रै आयात गर्ने अवस्थाको निर्माण गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ चैत्र २०७७, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र देउवाबीच छलफल
कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री ओली
पुरातनवादी तत्त्वहरू देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित छन् : प्रधानमन्त्री ओली
नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुहोस् : प्रधानमन्त्री ओली
सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्रीको प्रश्न- कक्षा १० मै ५२ प्रतिशत विद्यार्थीको भविष्य चट् भएको कुरालाई मजाक बनाउन मिल्छ ?