काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रतिक्रान्तिको खतराका घण्टी बजिरहेको भन्दै सबैपरिवर्तनकारी शक्तिहरु एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
बिहीबार प्रतिरोध दिवसको अवसरमा पार्टी निकट अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तितर्फ अघि बढेको आरोप लगाए । उनले बालुवाटारमा सहमतिको नाममा बालुवा पेल्नुको औचित्य नभएको भन्दै त्यसरी क्रान्ति नबच्ने भएकाले फेरि जनतामाझ आएको बताए ।
प्रतिनिधिसभा विघटन गरेर संविधान विरोधी काम प्रधानमन्त्रीबाटै भएको उल्लेख गर्दै उनले आफूहरुले शान्तिपूर्ण रुपमा सो कदमलाई परास्त गर्न लागिपरेको स्मरण गर्दै त्यही कदमलाई सर्वोच्चले पनि गलत भनिदिएको बताए ।
सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए पनि प्रतिक्रान्तिको खतरा कायमै भएकाले प्रतिक्रियावादीहरुलाई परास्त गर्न महिलाहरुले विद्रोहको झण्डासहित उत्रिनुपर्ने र त्यो निकै महँगो पर्ने चेतावनी दिए ।
उनले अबको केन्द्रीय समिति बैठकमा महिलालाई नेतृत्व दिने एजेण्डा ल्याउने भन्दै त्यसबारे केन्द्रीय समितिमा गम्भीर छलफल हुने पनि प्रचण्डले बताए । लडेर ल्याएको उपलब्धिलाई उल्ट्याउन षड्यन्त्र पटक–पटक दोहोर्याउँदै प्रचण्डले काठमाडौं घेराबन्दीलाई चिर्न श्रमजीवी जनताबाट मात्रै सम्भव भएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ चैत्र २०७७, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
प्रचण्ड र माधवले लिए झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड