काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली सरकार कायमै राख्ने कि ओलीलाई सत्ताबाट हटाउने भन्ने बारेमा प्रमुख विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई अन्तिमपल्ट सोध्ने भएको छ ।
फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएकै दिनदेखि ओली सत्ता ढालेर नयाँ सरकार बनाउन अग्रसर भएको तत्कालीन नेकपाको प्रचण्ड-माधव पक्षको पहलमा कांग्रेस सभापति शेरवहादुर देउवा उत्साही नभएकोमा अहिलेसम्म पनि देउवाले निर्णायक कदम चाल्न खोजेका छैनन् ।
कांग्रेस र जसपाले अविश्वास प्रस्ताव ल्याउने सहमति जनाए सरकारलाई दिएको समर्थन फिर्ता लिन तयार भएर बसेको माओवादी केन्द्र पछिल्ला दिनमा निराश बनेको छ । कांग्रेसले ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेपछि माओवादी अध्यक्ष प्रचण्ड उत्साही भएका थिए ।
कांग्रेसले सरकार गठनको निर्णय गरे पनि अहिलेसम्म माओवादी र जसपासहितको बैठक समेत बोलाउन नचाहानुले सभापति देउवाको नियत ओली हटाउने नदेखिएको माओवादी नेताहरु बताउँछन् । माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले कांग्रेसले संस्थागत निर्णय गर्नु सकारात्मक रहे पनि सभापति देउवाले नयाँ सरकार गठनको पहल नथालेको बताए ।
श्रेष्ठले भने, ‘विशेषगरी कांग्रेस सभापति देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरजीको धारणा के हो रु हामी उहाँहरुको अन्तिम निर्णय खोजिरहेका छौं । हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएन भनेर उत्तेजित बनाउने र केपी ओलीलाई अर्को प्रतिगमन गर्न सघाउने खालका भड्काउवादी कुरा आइरहेका छन् ।’
माओवादी केन्द्र कांग्रेस र जसपाले सरकार ढाल्ने निर्णय गरेको ५ मिनेटभित्र समर्थन फिर्ताको सूचना संसदमा दर्ता गराउन तयार रहेको श्रेष्ठले बताए । तर वैकल्पिक सरकारको चित्र प्रष्ट नभई समर्थन फिर्ता लिँदा ओलीलाई थप षड्यन्त्र गर्ने मौका मिल्ने र मुलुकलाई पुनः चुनावमा लैजाने तथा त्यो चुनाव नहुने अवस्था आउने उनको भनाइ छ ।
अब माओवादीले देउवा र ठाकुरलाई अन्तिमपटक सोध्ने भएको छ । ओली सरकार ढाल्ने हो भने अविश्वास प्रस्तावमा अघि बढ्न र ओलीलाई नै कायम राख्ने हो भने त्यो पनि निर्णय गर्न माओवादीले अन्तिमपटक आग्रह गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ चैत्र २०७७, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकता जोगाउन खनाल–नेपालसहित १५ नेताको सयुक्त अपिल
राष्ट्रिय सभाको उपनिर्वाचन जेठ ६ मा
रिक्त राष्ट्रियसभा सदस्यका लागि जेठ ६ गते उपनिर्वाचन हुने
वार्ताबाट निस्केपछि नेपालले भने, ‘म बोल्दिन, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन’
ओली-नेपालको वार्ता डेढ घन्टामै सकियो
धरहरा हेर्दाहेर्दै होला त आइसब्रेक !