काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सपनाको रक्षा गर्ने अभियानमा फेरि एक पटक लागेको भन्दै त्यो ठीक भए नभएको बारे घर परिवारमा सल्लाह गर्न आग्रह गरेका छन्।
कर्णाली प्रदेशको भ्रमणको क्रममा बुधबार सल्यानको सल्लीबजार पुगेका प्रचण्डले भने, ‘बीचमा दुर्घटना हुने खतरा पैदा भएको थियो। त्यो दुर्घटनाबाट राष्ट्रको रक्षा, जनताको रक्षा र तपाईं हामीको सपनाको रक्षा गर्नको लागि म फेरि एकचोटी यो अभियानमा छु ।’
उनले यो अभियानबारे घरपरिवारमा चिन्तन मनन् र सल्लाह गर्न समेत आग्रह गरे। ‘तपाईंहरूसँग भेट भयो, छोटो समयमा उपस्थित भएर मेरो कुरा सुन्नु भयो,’ सल्लीबजारमा आयोजित सानो सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘विचार गर्नुहोला मेरो कुरा । तपाईंहरुलाई कस्तो लाग्छ ? ठीक भने कि बेठीक भने की ? चिन्तन, मनन् गर्नुहोला घर परिवारमा । साथीभाइहरूमा सल्लाह गर्नुहोला ।’
बाँकी जीवन विकास निर्माण र समृद्धिका लागि लगाउने संकल्प गर्दै आफू चुनावमा गएको र त्यसको तीन वर्षपछि दुर्घना हुन खोजेको टिप्पणी गरे। ‘यो संविधान र लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको सपना पुरा गर्न धेरै ठूला ठूला कुरा गर्ने मौका पाएँ मैले,’ प्रचण्डको भनाइ छ, ‘नेपालको इतिहासमै कमै नेताले यस्तो मौका पाउँछन् । मैले पाएँ । अब बाँकी जीवन विकास निर्माण, समृद्धि, सामाजिक न्याय र समाजवादका निम्ति दिन्छु भनेर संकल्प गरेर चुनावमा गएँको थिएँ ।’
त्यस्तो दुर्घटना प्रधानमन्त्री केपी शर्मा ओलीले गराउन खोजको प्रचण्डको भनाइ थियो । कम्युनिष्ट आन्दोलन र एकता अहिले पनि जरुरी रहेको भन्दै प्रचण्डले फेरि पनि त्यसका लागि लाग्ने बताए। ‘कम्युनिष्ट आन्दोलन र एकता अहिले पनि जरुरी छ,’ उनको भनाइ छ, ‘हामीले गरेको एकता गल्ती गरेको होइन । त्यो सही नै हामीले गरेको हो । फेरि पनि आन्दोलनलाई एकताबद्ध गर्नैपर्छ । फेरि पनि राजनीतिक दलहरूकाबीचमा समझदारी गर्नैपर्छ ।’
नेकपाबारे अदालतले अनपेक्षित फैसला गरेको उनको भनाइ छ। ‘हामीले त सोच्या थियौं, अदालतले बढी भन्यो भने नाम अर्को फेर्नुहोस् भन्ला,’ प्रचण्डले भने, ‘किनभने त्यो भन्दा अरु ठाउँ थिएन । तर, अनौंठो भयो । अदालतले भन्नै नहुने कुरो भन्यो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ चैत्र २०७७, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी युवाहरूको माग तत्काल पुरा गर्न सरकारसँग प्रचण्डको माग
प्रचण्डको पोस्टमा बालेनको कमेन्ट : 'एकादेशमा टिकटक पनि बन्द भएको थियो'
‘माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ’: प्रचण्ड
लमजुङमा प्रचण्डको मर्निङ वाक
जलवायु संकट श्रमजीवी वर्गको साझा मुद्दा हो: प्रचण्ड
आलोचना दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गर्यो: प्रचण्ड