८ सय ८४ ग्राम सुनसहित विमानस्थलबाट एक जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०७७, ०८ : ४८
८ सय ८४ ग्राम सुनसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं । खाना पकाउने राईसकुकरमा लुकाएर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको छ ।दुबईबाट आएका धनुषाका प्रगास महराले ल्याएको सुन भन्सार जाँच गर्दा फेला परेको थियो । ८ सय ८४ ग्राम सुनसहित उनलाई पक्राउ गरिएको त्रिभुवन विमास्थल भन्सार कार्यालयले जनाएको छ । 

फ्लाई दुबईबाट आएका महराले राईसकुकरको भित्रपट्टि पिँधमा सुन फिट गरेर ल्याएका थिए । कुकर खोलेर हेर्दा पनि लुकाएको पत्ता नलाग्ने गरी फिट गरेको सुन एक्सरे मेशिनमा देखिएपछि विमानस्थलमा खटिएका प्रहरी र भन्सार कर्मचारीले फोडेर हेरेका थिए ।

महरा धनुषाको मिथिला नगरपालिकाका स्थानीय हुन् । कुकर कम्पनीमा नै सो सुन फिट गरेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस