नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको तात्कालिक कार्यभार सरकार परिवर्तनबाहेक अरु केही नभएको बताएका छन् ।मंगलबार रुकुम जाने क्रममा नेपालगञ्जमा विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले ओली सरकारलाई विस्थापन र नयाँ सरकार गठनका लागि दलहरुबीच छलफल भइरहेको जानकारी दिएका हुन् ।
उनले नेपालको राजनीति आफ्नो एजेन्डाभन्दा बाहिर नगएको पनि बताए । अहिले पनि नेपालको राजनीति हाम्रो एजेन्डाभन्दा बाहिर नगएको छैन । हामीले सरकार परिवर्तनलाई तात्कालिक कार्यभार बनाएका छौ र त्यो प्रक्रियामा छलफल चलिरहेको छ’, अध्यक्ष प्रचण्डको भनाई छ । उनले सरकार परिवर्तनपछि पार्टी सुदृढ गर्ने अभियानको क्रमलाई प्राथमिकतामा राखिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ चैत्र २०७७, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड