मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते

सफल खबर संवाददाता

सोमबार, २३ चैत्र २०७७, ११ : २१
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते

हेटौंडा । मकवानपुरको हेटौंडामा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोड भटनदेवी मन्दीर मोडमा आइतबार राति दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने वर्ष १७ को सगुन रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

हेटौंडाको बुद्ध चोकबाट कर्रातर्फ जाँदै गरेको ना ४९ प ६२२३ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आउँदै गरेको ना ४१ प ६४३६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकी रुम्बाको उपचारका क्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रवक्ता रिमालले बताए ।दुर्घटनामा अन्य तिन जना घाइते भएका छन् ।

घाइते हुनेमा विज्ञान रुम्बा, विजल लामा र विक्रम लामा रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका बिजल र विक्रमको प्रहरीको निगरानीमा हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने अर्का सामान्य घाइते विज्ञानलाई भने उपचारपछि प्रहरी नियन्त्रणमा राखिएको छ  । 

तीव्र गतिमा रहेको दुबै मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।