काठमाडौं । वाइडबडी विमानको अभावले मलेसियामा रोकिएका १२ जना नेपाली श्रमिकका शव आइतबार स्वदेश ल्याइएको छ । उनीहरूको विभिन्न कारणले मलेसियामा मृत्यु भएको थियो।
वैदेशिक रोजगार बोर्डका अनुसार महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोरखाका मेघबहादुर कुँवर र सूर्य विकको शव आइपुगेको हो। यसैगरी भोजपुरका भूपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बागलुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्ज्वल भुजेलको शव आइपुगेको छ ।
स्वदेश आइपुगेका श्रमिकको शवलाई श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनले शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २३ चैत्र २०७७, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि
बझाङमा एक महिलाको शव फेला
बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान खुल्यो
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
दानव नदीमा बेपत्ता थप दुई बालकको शव भेटियो
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव