काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र अहिले दक्षिणपन्थी र क्रान्तिकारी विचारबीच लडाइ चलिरहेको बताएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थि विचारको नेतृत्व गरिरहेको उनको भनाइ छ ।
नेकपा एमालेको माधव नेपाल समूहको समानान्तर काठमाडौं जिल्ला कमिटी घोषणा कार्यक्रममा बोल्दै खनालले ओलीमा पहिल्यैबाट दक्षिणपन्थि भड्काउपन रहेको दावी गरे ।
खनालले भने, २०६२र६३ को जनक्रान्तिका बेला गणतन्त्रमा जानु हुँदैन भनेर उनले पार्टीमा फरक मत राखेका थिए । उनले नेपालमा गणतन्त्र ल्याउनु भनेको गोरु गाडा नारेर अमेरिका जानुजस्तै हो भनेर खिल्ली उडाएका थिए ।’आठौं महाधिवेशनदेखि ओलीले दक्षिणपन्थि गुट निर्माण गर्न थालेको खनालको भनाइ थियो ।
‘उहाँको गुटको अन्तर्यमा दक्षिणपन्थि विचार थिए । त्यसलाई निरन्तरता दिँदै जानुभयो । हामीले नवौं महाधिवेशनसम्म गुटबन्दीको चरित्र पर्गेल्न सकेनौं । र अन्ततः उहाँले बहुमत ल्याएर नेतृत्व कब्जा गर्नुभयो ।’ उनले भने ।
नवौं महाधिवेशनपछि पार्टीमा वैचारिक तथा सैद्धान्तिक कामहरु शुन्य भएको खनालले बताए । जसरी पनि सत्तामा पुग्ने र पद हत्याउने प्रवृत्तिले पार्टीमा विकृति ल्याएको उनको भनाइ छ ।
‘आठौं महाधिवेसनपछि सबैभन्दा धेरै गुटबन्दी भएको जिल्ला काठमाडौं हो,’ खनालले भने, ‘तपाईहरु पिडित कमरेड हुनुहुन्छ । अब तपाईंहरुले मुक्ति पाउनुहुन्छ,’ खनालले भने ।मिडियाले पदको लडाईं भने पनि यो सही र गलतको लडाई भएको खनालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ चैत्र २०७७, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल
झलनाथ खनाल चीन प्रस्थान
पूर्वप्रधानमन्त्री खनाल ६ दिने चीन भ्रमणमा जाने
इरान र प्यालेस्टाइनसहित मुस्लिमको पक्षमा उभिन झलनाथ खनालको आह्वान
राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र ल्याएपनि जनताको बन्न सकेन : झलनाथ खनाल
सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन : झलनाथ खनाल