काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललले अध्यक्ष केपी ओली कहिल्यै नसुध्रिने बताएका छन् । आइतबार एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षको काठमाडौ जिल्ला कमिटिको समानान्तर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीको कार्यशैली सुधारका लागि धेरै प्रयास गर्दा पनि सफल हुन नसकेको बताएका हुन् ।
‘ओलीको कार्यशैली र व्यवहार देखेर नेता बामदेव पनि थाकिसक्नुभयो, अब उहाँपनि हामीसँगै आउनुहुन्छ’, नेता नेपालको भनाई छ । नेता नेपालले ओलीले पार्टी बनाउन नचाहेको भन्दै गुट र भजनमण्डली बनाउन लागिपरेको समेत जानकारी दिए । नेता नेपालले नेताहरु मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनालीमध्ये धेरै ओलीको पूर्वाग्रही प्रवृतिको शिकार भएको समेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ चैत्र २०७७, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा