काठमाडौं । नेकपा एमालेबाट निलम्वित नेता माधवकुमार नेपालले आधिकारिक एमाले आफूहरुनै भएको बताएका छन् । कानुनी रुपमा एमाले आफ्नो नभए विकल्प खोजिने समेत उनले घोषणा गरेका छन् ।
काठमाडौं जिल्लाको समानान्तर कमिटी घोषणा गर्दै नेपालले केपी ओलीले फाल्दैमा आफूहरु नफालिने बताए । उनले ओलीले नवौं महाधिवेशनमा जालझेल र षडयन्त्र गरेर अध्यक्ष जितेको र अहिले प्रधानमन्त्रीको फूर्ति लाइरहेको दावी गरे ।
नेपालले भने–कानुनी रुपले पार्टी कब्जा गर्नु बेग्लै कुरा हो,एमाले आधिकारिक हामी हौं । हामी यसैलाई आधिकारीक मान्छौं । कानुनले दिएन भने बेग्लै उपाय खोजौंला ।केपी ओली एमालेका पनि अधिकांश कमिटीमा अल्पमतमा रहेको दावी नेपालको छ । उनले आफूहरु ओलीसँग नझुक्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ चैत्र २०७७, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्छ : माधव नेपाल