काठमाडौं । बाँके र जुम्लामा भीषण आगलागी आगलागी भएको छ । आगलागीबाट बाँकेमा १२० र जुम्लामा ३५ घर खरानी भएका छन् । बाँकेको नरैनापुरमा आगलागी हुँदा एक सय २० घर जलेर खरानी भएका छन् । आगो निभाउने क्रममा चार जना घाइतेसमेत भएका बाँके प्रहरीले जनाएको छ ।
नरैनापुर गाउँपालिका वडा नं ४ को खोदवा गाउँमा शनिबार लागेको आगो गएराति १ बजे पूर्णरुपमा नियन्त्रणमा ल्याइएको थियो आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट अन्नबाली, काठ, लत्ताकपडा र नगद जलेर नष्ट भएका छन् । आगो निभाउन पाँचवटा दमकल प्रयोग गरिएको थियो ।
यसैगरी जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको जुम्ला प्रहरीले जनाएको छ । पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने प्रयास भइरहेको छ । अझै पनि आगो पूर्ण नियन्त्रणमा आइसकेके छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ चैत्र २०७७, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि