नेकपा एमाले माधव नेपाल समुहले दुई महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने

सफल खबर संवाददाता

शनिबार, २१ चैत्र २०७७, १७ : ४४
नेकपा एमाले माधव नेपाल समुहले दुई महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल समूहले दुई महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको भएको छ । शनिबार राजधानीमा बसेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठकले सो निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए । 

बैठकले केहीदिनअघि राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदन र त्यसबारे आएका सुझावलाई ध्यानमा राखेर पुस्तक प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ । सो पुस्तक पार्टीका तल्ला तहसम्म वितरण गरेर  प्राप्त सुझावका आधारमा अघि बढिने पनि भएको छ । 

बैठकले पार्टीका विभिन्न संगठनहरुलाई सक्रिय बनाउने र आवश्यक परे पुनर्गठन गर्ने निर्णय समेत गरेको भट्टराईले जानकारी दिए । यस्तै आगामी जेठ ३ गते मदन–आश्रित जयन्ती चितवनमा मनाइने निर्णय पनि भएको छ । 

प्रतिक्रिया दिनुहोस