काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल समूहले दुई महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको भएको छ । शनिबार राजधानीमा बसेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठकले सो निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।
बैठकले केहीदिनअघि राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदन र त्यसबारे आएका सुझावलाई ध्यानमा राखेर पुस्तक प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ । सो पुस्तक पार्टीका तल्ला तहसम्म वितरण गरेर प्राप्त सुझावका आधारमा अघि बढिने पनि भएको छ ।
बैठकले पार्टीका विभिन्न संगठनहरुलाई सक्रिय बनाउने र आवश्यक परे पुनर्गठन गर्ने निर्णय समेत गरेको भट्टराईले जानकारी दिए । यस्तै आगामी जेठ ३ गते मदन–आश्रित जयन्ती चितवनमा मनाइने निर्णय पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ चैत्र २०७७, १७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेद्वारा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
एमालेले गर्यो प्रदेश कमिटी र विभागमा मनोनयन, को-को परे ? (सूचीसहित)