नेकपा एमाले माधव समूहको बैठक बस्दै

सफल खबर संवाददाता

शनिबार, २१ चैत्र २०७७, १० : ०९
नेकपा एमाले माधव समूहको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको माधव–नेपाल झलनाथ खनाल समूहको बैठक शनिबार पनि बस्दैछ । शनिबार दिउँसो बस्ने बैठकबाट संगठन अभियान घोषणासहित विभिन्न कार्यक्रम तय गरिने एक नेताले जानकारी दिए । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले माधव नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिने निलम्बनको घोषणा गरेपछि सो समूहले निरन्तर बैठक र भेला गर्दै आएको छ । 

शुक्रबार पनि एक विज्ञप्तिमार्फत खनाल–नेपाल सहितका ११ नेतालेओलीबाट देश, जनता र पार्टीको हित विपरीतका क्रियाकलाप भएको भन्दै पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढताका साथ एकताबद्ध रुपमा संगठित भइ देशव्यापी रुपमा सक्रिय हुन नेता कार्यकर्तामा आह्वान गरेका थिए । 

विज्ञप्तिमा नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने ओलीको निर्णय पार्टीको विधान विपरीत स्वेच्छाचारी काम भएको ठहर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस