माइतीघर मण्डलाबाट किन पिडा पोख्न विवश छन् यि चिकित्सक ?

सफल खबर संवाददाता

शनिबार, २१ चैत्र २०७७, ०७ : ५६
माइतीघर मण्डलाबाट किन पिडा पोख्न विवश छन् यि चिकित्सक ?

काठमाडौँ । बिहीबार साँझ ५ स् १० बजे । स्थान स् माइतीघर मण्डला । घर फर्किनेहरु बसको पर्खाइमा छन् । छिटो पुग्ने हतारोमा हर्न बजाउँदै गाडीहरु एकअर्कालाई उछिनिरहेका छन् । छेउकै सडकमा भने एक युवक शान्त मुद्रामा पम्पलेट बोकेर उभिइरहेका छन् ।

बाटोमा एक्लै उभिएको देखेर मानिसहरु उनलाई फर्कीफर्की हेरिरहेका छन् । कोही टक्क अडिएर पम्पलेटमा लेखिएको अक्षरमा आँखा दौडाउन थाल्छन् । ‘मेरो कोभिड १९ को भत्ता हराएको सूचना कृपया पाउने महानुभावले ।।।। मा सम्पर्क गरिदिनुहोला, धन्यवाद । मास्क सेनिटाइजर र सामाजिक दूरी कायमै छ । तर तपाईंको नियत कायम छैन सरकार,’ ती युवकले हातमा लिएका दुईवटा फोटोकपी कागजमा लेखिएको छ ।

३१ वर्षीय डा. अजित मलिक ८ दिनदेखि माइतीघर मण्डलमा एक्लै धर्नामा छन् । ९ महिनादेखि सिभिल अस्पतालको युरो डिपार्टमेन्टमा मेडिकल अफिसरको रुपमा कार्यरत डा। मलिक यसअघि वीर तथा त्रिवि शिक्षण अस्पतालमा पनि काम गरिसकेका छन् । कोरोना स‌ंक्रमण सुरु भएको बेला उनी शिक्षण अस्पतालमा कार्यरत थिए । उनले सिभिलमा मात्रै होइन, शिक्षण अस्पतालमा पनि कोभिड भत्ता पाएनन् ।

उनी दैनिक आफ्नो ड्युटी सकाएर माइतीघर आइपुग्छन् । छेउको हेल्मेट र बाइक देखाउँदै भन्छन् –‘ड्युटी तालिका मेरो गोजीमा हुन्छ । इमरजेन्सी पर्‍यो भने म कुदिहाल्छु । ड्युटीमा असर नपारी आवाज उठाउन यहाँ आएको हुँ ।’ कोरोना महामारीमा ज्यान जोखिममा राखेर खटिनुपर्ने त्यसमाथि श्रमको मूल्य नपाउँदा उनको मन पोलिरहेको छ ।

हरेक दिन श्रम शोषण भइरहेको छ भनेर पीडाबोध हुन्छ । डा। अजित भन्छन्, ‘सरकारको ध्यानाकर्षण गराउनका लागि हो । म एक्लो व्यक्तिले केही फरक पारोस् वा नपारोस् । म आफ्नो अधिकारका लागि लड्न आएको हो ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस