काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट खानेपानी सेवा नपाएका उपभोक्ताले पनि शुल्क र जरिवाना तिर्नुपर्ने अवस्था अन्त्य गरिने बताएका छन् ।मेलम्ची खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यसका लागि आफूले सम्बन्धित निकायलाई निर्देशन दिने बताए ।
कार्यक्रममा उपस्थित भएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पानी प्रयोग नै नगरेका काठमाडौंका घरधनीले पनि शुल्क तिर्नुपरेको बताएका थिए । यस्ता घरधनीबाट शुल्क नलिने व्यवस्था मिलाउन उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।जवाफ दिँदै प्रधानमन्त्री ओलीले सेवा प्राप्त नगरेको अवस्थामा शुल्क वा जरिवाना तिराइनु गलत अभ्यास भएको बताए ।
उनले भने, ‘यो कुरा सुन्दा अचम्ममा परेको छु । सेवा प्राप्त नगरिकन शुल्क तिर्नुपर्ने हुनै सक्दैन । यसलाई सच्याइने छ । म सबै निकायलाई भन्न चाहन्छु । सेवा नदिइ सेवा शुल्क लिन मिल्दैन । त्यसमाथि जरिवाना गर्न झन् मिल्दैन । सरकारले कमजोरी क्षमायाचना गर्नुपर्नेमा दण्डित गर्ने कुरा किमार्थ उचित हुँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०७७, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली