म्यानमारको प्रदर्शनमा ४३ बालबालिकाको सेनाद्धारा हत्या : सेभ द चिल्ड्रेन

एजेन्सी

शुक्रबार, २० चैत्र २०७७, ०८ : ३७
म्यानमारको प्रदर्शनमा ४३ बालबालिकाको सेनाद्धारा हत्या : सेभ द चिल्ड्रेन

एजेन्सी । म्यानमारमा  सैनिक शासनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा सेनाले ४३ बालबालिकाको हत्या गरेको छ । बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सेभ द चिल्ड्रेनले  प्रदर्शन सुरु भएयता सेनाले ४३ जना बालबालिकाको ज्यान गएको जनाएको छ।

सेभ द चिल्ड्रेनले म्यानमारको अवस्था डरलाग्दो र खतरनाक रहेको बताएको छ । ज्यान गुमाउनेमा एक ६ वर्षीया बालिका समेत छिन् । एक स्थानीय निगरानी समूहका अनुसार सैन्य शासन सुरु भए यता भएको विरोध प्रदर्शनका क्रममा हालसम्म ५३६ जनाले ज्यान गुमाइसकेका छन् ।

संयुक्त राष्ट्र संघका एक अधिकारीले म्यानमारमा रक्तपात अझै बढ्न सक्ने खतरा रहेको बताएका छन् । म्यानमारमा लोकतन्त्र बहाली गर्न अन्तराष्ट्रिय समूदायले गरेको आग्रह त्यहाँको सेनाले सुनेको छैन। 

प्रतिक्रिया दिनुहोस