पोखरा । नेकपा एमालेका नेता माधवकुमार नेपालले देशव्यापी संगठन बनाउने उद्घोष गरेका छन् ।जिल्लासँगै प्रदेश र केन्द्रीय निकायहरु पनि बनाउने बताएका उनले आयोगमा कानुनी विषय भएकाले छुट्टै केन्द्रीय कमिटी भने नबनाउने उनले प्रष्ट पारे । बिहीबार कास्की जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘देशव्यापी संगठन बनाउने अभियानमा हिँडेका छौं ।’
‘भोलि गाउँपालिकाको चुनाव भयो भने हामी दिन्छौं टिकट। प्रदेशसभाको सदस्य बनाउन हामी चयन गर्छौ, उम्मेदवार । राष्ट्रियसभा र प्रतिनिधिसभाको चुनावको टिकट पनि हामी दिन्छौं,’ उनले अघि भने, ‘घोषणा गरुन् त चुनाव, हामी अरुसँग सिटको तालमेल गर्छौं, सबैलाई मिलाएर लान्छौं ।’ यसका लागि मोहन वैद्यदेखि मोहनविक्रम सिंहसम्म सबैसँग कुराकानी भएको उनले बताए ।
८ लाखमध्ये ६ लाख कार्यकर्ता आफूहरुसँग रहेको भन्दै उनले भने, ‘हिम्मत छ भने कारबाही गरे हुन्छ ।’यद्यपि २८ फागुनका निर्णय फिर्ता लिन र २ जेठ २०७५ मा फर्किने हो भने सबै बिर्सिन तयार रहेको उनले बताए । केपी ओली पनि सुध्रिउन् भनिरहेको भन्दै उनले भने, ‘केपी ओली तयार छन् ? छैनन् किनभने प्रधानमन्त्री पद जान्छ कि भने चिन्ता छ, अध्यक्ष पद जान्छ कि भन्ने चिन्ता छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०७७, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा