काठमाडौं । प्रधानमन्त्री केपी शर्मा मुलुक निर्वाचनमा जाँदा लोकतन्त्रलाई कुनै सङ्कट नपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालको २३औँ वार्षिकोत्सवका अवसरमाम आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले मध्यावधि निर्वाचन घोषणा गरे पनि अदालतको फैसलाका आधारमा प्रतिनिधिसभा पुनःस्थापना भएकाले आफूले त्यसलाई मानेर अघि बढेको जनाउनुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै खतरा नरहेको उल्लेख गर्दै उहाँले चुनाव गर्दा लोकतन्त्रलाई खतरा कसरी पर्छ भन्ने प्रतिप्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि अबको २० महिनामा नियमित प्रक्रियाबाटै पनि चुनाव हुन्छ ।
त्यसले कसरी लोकतन्त्रलाई खतरामा पार्छ ?” उहाँले केही नेताको राजनीतिक सङ्कटमा परेको भए पनि मुलुकलाई सङ्कट नपरेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले पुनःस्थापनाको फैसला हुँदा विजययात्रा गर्नेहरुले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतालाई साविककै अवस्थामा फर्काउने फैसला गर्दा विरोध गरिनु विरोधाभाष भएको प्रतिक्रिया दिनुभयो ।
एमालेका अध्यक्ष ओलीले मिसन पत्रकारिताका नाममा हुने विकृति रोकिनुपर्ने सुझाव दिँदै क्लबको वार्षिकोत्सवमा शुभकामना दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १७ चैत्र २०७७, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन: ओली
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली
‘धरती र जीवन दुवैमा शान्ति छाओस्’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ
नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली