काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरु सर्वोच्च अदालतको ‘नेकपा’ भंग गर्ने फैसलाको पुनरावलोकनका लागि आज सर्वोच्च जादैछन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका केही नेताहरु कानुन व्यवसायीसँग बिहान ११ बजे सर्वोच्च जाने भएका हुन् ।
सर्वोच्चको यो फैसला राजनीतिक भएको भन्दै पुनरावलोकनका लागि जाने घोषणा केही दिन अगाडी मात्रै माओवादी केन्द्रको बसेको स्थायी कमिटिले गरेको थियो ।
निलम्बनमा परेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि पुनरावलोकनमा जानु पर्ने निष्कर्ष सुनाएको थियो। सर्वोच्चले नाम विवादको फैसला सुनाउने क्रममा गत फागुन २३ गते नेकपा भंग गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ चैत्र २०७७, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार