काठमाडौं । गोरखाको पालुङटार नगरपालिका–१० बाट अवैध सालको काठसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय जोगीहिडीस्थित श्री पालुङगैरा सामुदायिक वनबाट तस्करी गरेर लैजाँदै गरेको अवस्थामा ना६त ५८६३ नम्बर ट्याक्टरसहित आज उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा पालुङटार नगरपालिका–१० जोगीडिहीका २५ वर्षीय अनिल लामा, २५ वर्षीय सुनिल लामा, ३० वर्षीय सोनाम लामा र ट्याक्टर चालक सिरानचोक गाउँपालिका–४ का २९ वर्षीय सुजन सुनार रहेका छन् ।
ट्याक्टरमा राखेर अवैध रुपमा विक्रीका लागि राखिएको साल जातको काठ विभिन्न साइजको गोलिया १० थान र चिलाउने जातको विभिन्न साइजको गोलिया दुई थान बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।
पक्राउ परेका सबैलाई आवश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय गोरखामा बुझाइएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १६ चैत्र २०७७, २० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ