काठमाडौं । गोरखाको पालुङटार नगरपालिका–१० बाट अवैध सालको काठसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय जोगीहिडीस्थित श्री पालुङगैरा सामुदायिक वनबाट तस्करी गरेर लैजाँदै गरेको अवस्थामा ना६त ५८६३ नम्बर ट्याक्टरसहित आज उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा पालुङटार नगरपालिका–१० जोगीडिहीका २५ वर्षीय अनिल लामा, २५ वर्षीय सुनिल लामा, ३० वर्षीय सोनाम लामा र ट्याक्टर चालक सिरानचोक गाउँपालिका–४ का २९ वर्षीय सुजन सुनार रहेका छन् ।
ट्याक्टरमा राखेर अवैध रुपमा विक्रीका लागि राखिएको साल जातको काठ विभिन्न साइजको गोलिया १० थान र चिलाउने जातको विभिन्न साइजको गोलिया दुई थान बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।
पक्राउ परेका सबैलाई आवश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय गोरखामा बुझाइएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १६ चैत्र २०७७, २० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ