काठमाडौं । नेप्से परिसूचक सोमबार ५.४५ अंकले घटेको छ । आज भएको कारोबारमा नेप्से २५४३.५२ विन्दुमा रोकिएको छ । आज ९१ लाख ३८ हजार ९३५ कित्ताको किनबेचमा ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज चन्द्रागिरिको शेयर मूल्य ३४ दिन पछाडि पहिलो पटक ७.१६ प्रतिशतले घटेको छ ।आज २०९ ओटा कम्पनीको शेयर कारोबारमा सबैभन्दा बढी कारोबार हुने कम्पनीमा नेपाल इन्फ्रास्ट्रकचर बैंक रहेको छ ।
इन्फ्रास्ट्रकचरको शेयर कारोबार ४४ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरी, अपर तामाकोशीको शेयर कारोबार ३८ करोड रुपैयाँ बराबरको भएको छ ।चन्द्रागिरिको कारोबार रकम ३७ करोड रुपैयाँ बराबरको भएको छ । आज जलबिद्युत, लघुवित्त, फाइनान्स बाहेक सबै समूहको शेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ चैत्र २०७७, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार