सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन जिल्ला अदालतको आग्रह

सफल खबर संवाददाता

सोमबार, १६ चैत्र २०७७, ११ : ४०
सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन जिल्ला अदालतको आग्रह

काठमाडौं। राज्य विरूद्धको संगठित अपराध कसुरमा हाजिर हुन सिके राउतलाई नवलपरासी जिल्ला अदालतले सुचना जारी गरेको छ । रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगर वडा नम्बर ८ डेरा गरी बस्ने राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन भनिएको हो ।

बाटाका म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुद प्रमाण लिई हाजिर हुन आउनसमेत सूचनामा उल्लेख छ।   सिके राउत भन्ने डा. चन्द्रकान्त राउतलाई आज सूचना जारी भएको हो । हाजिर हुन नआएमा कानुनअनुसार हुने भनिएको छ।

राउत जनमत पार्टीका प्रमुख छन्। सिके राउत नेतृत्वको समूह २०७५ फागुन २४ मा सरकारसँग ११ बुँदे सहमति गर्दै मुलधारको राजनीतिमा आएको थियो।

प्रतिक्रिया दिनुहोस