चितवन । भरतपुर महानगरपालिका वडा नं २२ पकौडी बजारनजिकै बस र स्कुटर ठक्कर खाँदा बाबुछोरीसहित तीन जनाको मृत्यु भएको छ ।
भरतपुर–६ गीतानगरका ४० वर्षका स्कुटर चालक मोहन अधिकारी, स्कुटरमा सवार मोहनकी १७ वर्षकी विनिसा अधिकारी र मोहनकी दाईको छोरी वर्ष १७ कै दिविसा अधिकारीको भरतपुर अस्पतालमा ल्याउँदाल्याउँदै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ७०८२ नम्बरको स्कुटर ठोक्किएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १४ चैत्र २०७७, २० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु