काठमाडौँ । काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ४०० एम्पुल डाइजेपाम, ४०० एम्पुल फेनारगन र ४०० एम्पुल नुर्फिनसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर, मनोहरी गाउँपलिका–७ बस्ने ३० वर्षीय सुनिल तामाङ रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा सिरहाबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५८६४ नम्बरको बसमा आएका उनलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौँ महानगरपालिका–१४ बाट तीन केजी गाँजासहित २० वर्षीय आनन्द लामालाई पनि महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १४ चैत्र २०७७, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ