काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन नसक्ने बताएका छन् ।
बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको उनले बताए ।
उनले भने , म नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दिन ,राजनीति जतासुकै जाओस् ।’एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।
यद्यपि आफूले अवसको निकासबारे हिजो सडकमा भएका दलहरुबीच न्यूनमत सहमति होस्, सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस् भनेर मात्र दाह्रा किटेर समर्थन कायम राखेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०७७, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड