काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको खडक नगरपालिका–४ पनसेरामा आज पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको ज्वालामुखी गाउँपालिका–४ का ३८ वर्षीय चामबहादुर रानामगर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१५ प २५६५ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको बा २० च २१५९ नम्वरको महिन्द्रा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालक मगर गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि लहानतर्फ पठाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १३ चैत्र २०७७, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते