काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको खडक नगरपालिका–४ पनसेरामा आज पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको ज्वालामुखी गाउँपालिका–४ का ३८ वर्षीय चामबहादुर रानामगर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१५ प २५६५ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको बा २० च २१५९ नम्वरको महिन्द्रा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालक मगर गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि लहानतर्फ पठाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १३ चैत्र २०७७, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला