काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्कासहित परिचालित हुन नसक्ने वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।
दलका नेता एवम् प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नेता खनालले २ जेठ २०७५ को अगाडिकै अवस्थामा एमाले सञ्चालन हुनुपर्ने बताए ।
यो भन्दा अगाडि गरिएका निर्णयहरु फिर्ता लिएर जेठ २ गते पुग्ने अवस्था सिर्जना नगरिए पार्टी एकढिक्का सहित परिचालित हुन सक्दैन’, खनालको भनाइ थियो । खनालले आफ्नो कुरा राखेर बैठकबाट बाहिरिएका छन् ।
बरिष्ठ नेता खनाल र नेपाल समूहका अन्य सांसद भने बैठकमै छन् । २३ फागुनको सर्वोच्च अदालतको फैसला पछि पहिलो पटक यो समूह ओलीले बोलाएको बैठकमा सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ चैत्र २०७७, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल
झलनाथ खनाल चीन प्रस्थान
पूर्वप्रधानमन्त्री खनाल ६ दिने चीन भ्रमणमा जाने
इरान र प्यालेस्टाइनसहित मुस्लिमको पक्षमा उभिन झलनाथ खनालको आह्वान
राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र ल्याएपनि जनताको बन्न सकेन : झलनाथ खनाल
सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन : झलनाथ खनाल