राष्ट्रिय अनुसन्धान विभागको १०४ पदमा जागिर खुल्यो, वैशाख १२ भित्र दरखास्त दिन आव्हान

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०७७, ०९ : ४०
राष्ट्रिय अनुसन्धान विभागको १०४ पदमा जागिर खुल्यो, वैशाख १२ भित्र दरखास्त दिन आव्हान

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले एक सय जनाभन्दा बढी कर्मचारी माग गर्दै विज्ञापन जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको विभागले शुक्रबार सूचना निकालेर अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक गरि १ सय ४ पदमा जागिर खुलाएको छ । 

विज्ञापनमा अनुसन्धान अधिकृत २१, अनुसन्धान सहायक ३२ र सहायक सूचक ५१ जना माग गरिएको हो । अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तिर्ण गरेको गरि उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको, अनुसन्धान सहायक पदको लागि प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको र सहायक सूचक पदमा भने एसएलसी वा एसईई पास गरि १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकोले यस पदमा दरखास्त दिन आव्हान गरेको छ । दरखास्तको अन्तिम म्याद भने वैशाख १२ गते तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस