काठमाडौं । बेलौरी नगरपालिका– ४ रिछाहाकी २२ वर्षीया भागरती रानाको भारतको सम्पूर्णानगरमा रहस्यमय अवस्थामा मृत्यु भएको छ । घरबाट छ दिनअघि हराएकी रानाको मृतावस्थामा शव फेला परेको हो ।
यही चैत ६ गते घरबाट हराएकी रानाको दुई दिनअघि मात्रै मृत्यु भएको खबर पाइएको मृतक महिलाका श्रीमान् मोली रानाले बताउनुभयो । घरबाट हराएकी भागरतीको खोजतलास गरिदिन भनी यही चैत ८ गते इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएको रानाले बताउनुभयो ।
भारतीय प्रहरीले रानाको हत्याको आशङ्कामा उत्तरप्रदेश जिल्ला लखिमपुर थाना सम्पूर्णानगर ग्राम गोविन्दनगरका अन्दाजी ३० वर्षीय विक्रम कुमारलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । भागरती भारतीय नागरिक विक्रमको केही दिनदेखि सम्पर्कमा रहेको कुरा बुझिएको छ ।
मृत्यु प्रकरणबारे भारतीय प्रहरीसँग समन्वय गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले बताउनुभयो ।
मृतक महिलाका श्रीमान्को भनाइअनुसार घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको जस्तो लाग्छ । भारतीय प्रहरीको दबाबमा राना परिवारले शव बुझेर ल्याएका छन् । मृतकका बुबा सुब्बा रानाले सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाहीको माग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १२ चैत्र २०७७, १९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु