काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका– ११ बगहामा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट आज एक युवकको मृत्यु भएको छ ।
कर्जन्हा–११ बगहास्थित गाडीको ठक्करबाट अन्दाजी २६ वर्षीय युवकको मृत्यु भएको र मृतकको पहिचान पनि हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
ठक्कर दिएलगत्तै गाडी फरार भएकाले नम्बर खुल्न नसकेको प्रहरीको भनाइ छ ।
टिपरले ठक्कर दिएको अनुमान गरिए पनि यकीन हुन नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १२ चैत्र २०७७, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु