काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका– ११ बगहामा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट आज एक युवकको मृत्यु भएको छ ।
कर्जन्हा–११ बगहास्थित गाडीको ठक्करबाट अन्दाजी २६ वर्षीय युवकको मृत्यु भएको र मृतकको पहिचान पनि हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
ठक्कर दिएलगत्तै गाडी फरार भएकाले नम्बर खुल्न नसकेको प्रहरीको भनाइ छ ।
टिपरले ठक्कर दिएको अनुमान गरिए पनि यकीन हुन नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १२ चैत्र २०७७, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते