काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जसपाका सांसद रेशम चौधरीले आफू पार्टीको निर्णयमा कुनै बाधक नबन्ने बताएका छन् । सरकारमा जाने र नजाने विषयमा पार्टीले लिने निर्णयलाई मान्ने बताए । उनले सरकारको विषयमा आफू बाधक नबन्ने बताएका छन्।
केपी ओली नेतृत्वको सरकारमा जाने विषयमा जसपा र एमालेबीच वार्ता चलिरहेका बेला आफू त्यसमा असहमत नरहेको उनको भनाइ छ ।
बिहीबार कारगारबाट विज्ञप्ति निकाल्दै चौधरीले सरकारमा जाने या नजाने विषय पार्टीले टुंग्याउने र पार्टीको निर्णय अवज्ञा गर्नेबारे आफूले कल्पनासम्म नगर्ने बताएका छन् ।
सरकारमा जाने र नजाने विषयमा जसपाभित्र दुई खेमा छ । पूर्व राजपा पक्ष अहिलेको सरकारलाई समर्थन जनाएर जाने पक्षमा छ भने पूर्वसंघीय समाजवादी पार्टी पक्ष त्यसको विरोधमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०७७, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशमको पार्टीले पनि अघि सार्यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा
नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा रेशम चौधरी
रेशम चौधरीद्वारा नागरिक उन्मुक्ति पार्टी छोडेको घोषणा
रञ्जिताले बोलाएको बैठकमा रेशम पक्ष उपस्थित नहुने
लिचीबारी घुस काण्डबारे श्रीमती रञ्जितासँग रेशम चौधरीले मागे जवाफ
रेशम चौधरीको प्रधानमन्त्रीसँग भेट