काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जसपाका सांसद रेशम चौधरीले आफू पार्टीको निर्णयमा कुनै बाधक नबन्ने बताएका छन् । सरकारमा जाने र नजाने विषयमा पार्टीले लिने निर्णयलाई मान्ने बताए । उनले सरकारको विषयमा आफू बाधक नबन्ने बताएका छन्।
केपी ओली नेतृत्वको सरकारमा जाने विषयमा जसपा र एमालेबीच वार्ता चलिरहेका बेला आफू त्यसमा असहमत नरहेको उनको भनाइ छ ।
बिहीबार कारगारबाट विज्ञप्ति निकाल्दै चौधरीले सरकारमा जाने या नजाने विषय पार्टीले टुंग्याउने र पार्टीको निर्णय अवज्ञा गर्नेबारे आफूले कल्पनासम्म नगर्ने बताएका छन् ।
सरकारमा जाने र नजाने विषयमा जसपाभित्र दुई खेमा छ । पूर्व राजपा पक्ष अहिलेको सरकारलाई समर्थन जनाएर जाने पक्षमा छ भने पूर्वसंघीय समाजवादी पार्टी पक्ष त्यसको विरोधमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०७७, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशम चौधरीको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
रेशम चौधरीको उम्मेदवारी खारेज
रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी एउटै चुनाव चिह्नबाट लड्ने
रेशमको पार्टीले पनि अघि सार्यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा
नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा रेशम चौधरी