बालबालिकाको आनीबानीमा अस्वाभाविक आइरहेको छ ? ख्याल गर्नुस् है ‘डिप्रेसन’ हुनसक्छ

पत्रपत्रिकाबाट

विहीबार, १२ चैत्र २०७७, ०८ : १२
बालबालिकाको आनीबानीमा अस्वाभाविक  आइरहेको छ ? ख्याल गर्नुस् है ‘डिप्रेसन’ हुनसक्छ

काठमाडौँ ।  आफ्ना बालबालिकाको आनीबानीमा अस्वाभाविक   परिवर्तन   भएको महसुस गर्नुभएको छ ? उनीहरूमा यस्तो     समस्या     देख्नुभएको छ   भने   ‘डिप्रेसन’को   सिकार भएको    हुनसक्नेप्रति    हेक्का राख्नुहोला। डिप्रेसन  (मानसिक  रोग)को समस्या वयस्कलाई मात्र हुन्छ भन्ने सोच्नु  गलत  हो। 

 बालबालिकामा पनि डिप्रेसनको समस्या देखिनसक्ने बालमनोविद्हरू बताउँछन्। बालमनोविद्  गङ्गा  पाठकको भनाइ छ,   “चिन्ता   बच्चालाई पनि  हुन्छ।  डिप्रेसनको  समस्या उनीहरूमा पनि देखिन सक्छ। अझ अहिलेको अवस्थामा बालबालिका यसको बढी जोखिममा छन्।” उनका  अनुसार   डिप्रेसन हुनुको   एउटै   कारण   हुँदैन । एकल   पारिवारिक   संरचनादेखि विद्यालयको   व्यवहारले   समेत उनीहरूलाई यस खाले जोखिममा पारिरहेको  हुन्छ।  

पढाइको  बोझ, अभिभावकको   अपेक्षालगायतका कारण    कम    उमेरमा    पनि डिप्रेसन    देखिएको    पाठकको अनुभव छ। “डिप्रेसन भए पनि बालबालिकामा अस्वाभाविक परिवर्तन देखिन थाल्छ। एकोहोरो हुने,  जिद्दी   गर्ने,  खाना खान मन  नगर्ने  र  कहिले  धेरै  खाने, कहिले  एक्कासि  रमाउने,  कहिले रिसाउने,  झर्कने  गर्छन्”,  उनको भनाइ छ । 

बालबालिकाको स्वभाव चञ्चल र जिज्ञासु हुन्छ। उनीहरू सानो कुरामा खुसी हुन्छन् र दुःखी पनि  हुन्छन्।  सुख,  दुःख  सबै कुरा  खुलेर  व्यक्त  गर्छन्  तर  जब बच्चालाई डिप्रेसन हुन्छ उनीहरूमा यस्ता    स्वाभाविक    प्रतिक्रिया नदेखिने   र   लामो   समयसम्म उदास    रहने हुन्छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस