एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली हाइटमा सर्ने तयारी, प्रधानमन्त्री ओलीले अवलोकन गर्दै

सफल खबर संवाददाता

बुधबार, ११ चैत्र २०७७, ११ : ०९
एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली हाइटमा सर्ने तयारी, प्रधानमन्त्री ओलीले अवलोकन गर्दै

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली हाइटमा सार्ने तयारी भएको छ । कार्यालय सार्नका लागि घरधनी र पार्टीबीच सम्झौता आज हुन लागेको छ । पार्टी कार्यालयको प्रस्तावित भवनको अवलोकनका लागि अहिले पार्टी अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओली आउने बताइएको छ।

प्रधानमन्त्री आउने भएपछि अहिले थापाथलीको सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ।  एमाले कार्यालय सचिव ईश्वरी रिजालका अनुसार कार्यालय सार्ने तयारी भइरहेको भए पनि सम्झौता भने भइसकेको छैन ।

चक्रपथ विस्तारको समस्या र सामाजिक संस्थाको भवन भएका कारण कार्यालय सार्ने तयारी पहिलादेखि नै भइरहेको थियो । ०७२ सालको भूकम्पले बल्खुको एमाले पार्टी कार्यालय क्षतिग्रस्त भएपछि यति समूहको पासाङ ल्हामु प्रतिष्ठानको भवन धुम्बाराहीमा सरेको थियो । 

प्रतिक्रिया दिनुहोस