काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली हाइटमा सार्ने तयारी भएको छ । कार्यालय सार्नका लागि घरधनी र पार्टीबीच सम्झौता आज हुन लागेको छ । पार्टी कार्यालयको प्रस्तावित भवनको अवलोकनका लागि अहिले पार्टी अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओली आउने बताइएको छ।
प्रधानमन्त्री आउने भएपछि अहिले थापाथलीको सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ। एमाले कार्यालय सचिव ईश्वरी रिजालका अनुसार कार्यालय सार्ने तयारी भइरहेको भए पनि सम्झौता भने भइसकेको छैन ।
चक्रपथ विस्तारको समस्या र सामाजिक संस्थाको भवन भएका कारण कार्यालय सार्ने तयारी पहिलादेखि नै भइरहेको थियो । ०७२ सालको भूकम्पले बल्खुको एमाले पार्टी कार्यालय क्षतिग्रस्त भएपछि यति समूहको पासाङ ल्हामु प्रतिष्ठानको भवन धुम्बाराहीमा सरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ चैत्र २०७७, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)