काठमाडौं । मंगलबार शेयर बजारमा नेप्से परिसूचक १४.५७ अंकले बढेको छ । हिजो ३४ अंकले घटेको बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको हो ।
आज एक करोड २७ लाख ६ हजार ७१० कित्ताको किनबेचमा ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेपाल इन्फ्रास्ट्रकचर बैंकको कारोकार सबैभन्दा धेरै ५२ करोड रुपैयाँ भएको छ ।
यसैगरी, अपर तामाकोशीको शेयर मूल्य ३२ करोड रुपैयाँ, नेपाल बैंकको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज साल्ट ट्रेडिङ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।यसैगरी आज पनि चन्द्रागिरीको शेयर मूल्य साविक झै करीब १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० चैत्र २०७७, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो