काठमाडौं । मंगलबार शेयर बजारमा नेप्से परिसूचक १४.५७ अंकले बढेको छ । हिजो ३४ अंकले घटेको बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको हो ।
आज एक करोड २७ लाख ६ हजार ७१० कित्ताको किनबेचमा ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेपाल इन्फ्रास्ट्रकचर बैंकको कारोकार सबैभन्दा धेरै ५२ करोड रुपैयाँ भएको छ ।
यसैगरी, अपर तामाकोशीको शेयर मूल्य ३२ करोड रुपैयाँ, नेपाल बैंकको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज साल्ट ट्रेडिङ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।यसैगरी आज पनि चन्द्रागिरीको शेयर मूल्य साविक झै करीब १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० चैत्र २०७७, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य अंकले बढ्यो सेयर बजार
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार
सेयर बजार २५२८ मा झर्यो
सेयर बजारका सबै सूचक बढे
सेयर बजारमा भारी गिरावट