काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कांग्रेसले सरकारको नेतृत्व गर्न अझै परिस्थिति परिपक्व नभएको बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता लेखकले स्थिति परिपक्व भएको अवस्थामा मात्र कांग्रेसले सरकारको नेतृत्व गर्ने बताउनुभयो ।
आवश्यक परे वैकल्पिक सरकार बनाउनेबारे पार्टीले यसअघि नै स्पष्ट पारिसकेको उहाँले उल्लेख गर्नुभयो । पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सरकार गठनबारे आज कुनै छलफल नभएको नेता लेखकको भनाइ थियो ।
नौ जिल्लाले क्रियाशील सदस्यताको विवरण पठाएनन्
नौ जिल्लाले कांग्रेस क्रियाशील सदस्यको विवरण पठाउन बाँकी रहेको छ । पार्टी कार्यालयमा सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै कांग्रेस केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका संयोजक लेखकले बारा, सिराहा, सप्तरी, धनुषा, बाँके, बर्दिया, रुकुम पूर्व, डोल्पा र रसुवाबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरणको विवरण प्राप्त हुन नसकेको जानकारी दिनुभयो ।
हालसम्म झण्डै चार लाख क्रियाशील सदस्यता वितरण र नवीकरण भएको नेता लेखकले जानकारी दिनुभयो । यसबारे उहाँले आज पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरुलाई जानकारी गराउनुभएको छ । हालसम्म दुई लाख १२ हजार ५१९ जनाको क्रियाशील सदस्यता नवीकरण भएको र एक लाख ८० हजार २७५ नयाँ क्रियाशील सदस्यता वितरण गरिएको उहाँले बताउनुभयो ।
महाधिवेशन कार्यतालिकाअनुसार जिल्लाहरुले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको सबै विवरण चैत १० भित्र सबै केन्द्रमा पठाइसक्नुपर्ने थियो । समयमै विवरण नपठाउने जिल्लाले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा भाग लिन नपाउने प्रावधान छ । अहिले पार्टीमा झण्डै पाँच लाख क्रियाशील सदस्य रहेको नेता लेखकले बताउनुभयो । पार्टीको आगामी महाधिवेशनसम्म क्रियाशील सदस्यको सङ्ख्या १० लाख पुग्ने उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०९ चैत्र २०७७, २१ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिकता विधेयकअसार १४ गते पास हुन्छ : गृहमन्त्री लेखक
वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका लागि समिति गठन
मन्त्रालयमा सुधारको काम गरिरहेको छुः गृहमन्त्री लेखक
गृहमन्त्री लेखकले लिए विपद् पूर्वतयारीबारे बिफ्रिङ
शान्तिसुरक्षामा कसैसँग सम्झौता नगर्न गृहमन्त्रीको निर्देशक
संसद्मा जवाफ दिँदै गृहमन्त्री