काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० मोटरसाइकल फेला पारेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो । महाशाखाले दुई हप्ताको समयमा १९ मोटरसाइकल र ११ स्कुटर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिँदै आएको बताउनुभयो । “उपत्यकामा हराएका मोटरसाइकल बरामदका लागि सादा पोशाकमा विशेष ट्राफिक प्रहरी परिचालन गरेका छौँ”, उहाँले भन्नुभयो ।
महाशाखाले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउसमेत गरेको छ । महाशाखाले गोलढुङ्गाका अशोकमानसिंह कुँवरको हराएको बा९२प ९१३३ नंको बुलेट बाइक चोरीमा संलग्न नुवाकोटका ३० वर्षीय बिमल गुरुङ र मोरङका आशिष खत्रीलाई पक्राउ गरेको हो ।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले उपत्यकाको भक्तपुर, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, टोखा, नयाँबसपार्कबाट हराएको मोटरसाइकल बरामद गरेको जानकारी दिनुभयो । महाशाखाले चालू आर्थिक वर्षमा ३३१ हराएका मोटरसाइकल खोजेर सम्बन्धित धनीलाई बुझाइसकेको छ भने चोरीमा संलग्न ४५ जनालाई पक्राउ गरी प्रहरीका विभिन्न वृत्तमार्फत मुद्दा चलाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०९ चैत्र २०७७, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ