काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले बैजनाथ गाउँपालिका–१ च्यामास्थित सुर्खेत–कोहलपुर सडकखण्डबाट संरक्षित पाटेबाघको छालासहित आज चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गङ्गबहादुर खत्री, प्रकाश खत्री, चन्द्र अधिकारी र जयलाल नेपाली छन् । सो क्षेत्रमा अवैध पाटेबाघको छाला, हड्डीको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरी टोलीले चिसापानीबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका उनीहरलाई चेकजाँच गर्नेक्रममा पाटेबाघको छाला एक थान र साढे दुई किलो बाघको हड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो समय बाँकेमा वन्यजन्तुको अङ्गसहित यसमा संलग्न व्यक्तिहरु फेला पर्दै जानेको सङ्ख्या बढदै गएको छ । गत महिनायता बाँकेमा प्रहरीले वन्यजन्तु तस्करीका सात वटा घटना फेला पारेको छ । सो अवधिमा प्रहरीले रेडपाण्डा, हात्ती, गँैडालगायत वन्यजन्तुको अङ्गसहित संलग्न व्यक्तिहरु फेला पार्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०९ चैत्र २०७७, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ