पिएसजी उक्लियो शिर्ष स्थानमा

एजेन्सी

सोमबार, ०९ चैत्र २०७७, ०८ : २६
पिएसजी उक्लियो शिर्ष स्थानमा

एजेन्सी ।  फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले लियोनलार्य ४–२ ले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको हो । 

अवे मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन केलियन एमबाप्पेले १५ र ५२ औँ मिनेटमा गरि दुई गोल गरे । ३२ औँ मिनेटमा डानिलो तथा ४७ औँ मिनेटमा एन्जल डी मारियाले गोल गरेका हुन् । लियोनका लागि स्लीमानीले ६२ औँ तथा कोरनेटले ८१ औँ मिनेटमा गोल गरे ।

जितपछि शीर्ष स्थानमा पुगेको पिएसजीको ३० खेलबाट ६३ अंक भएको छ । आइतबार राति नै भएको खेलमा निमेससँग २–१ ले पराजित भएको लिले समान ६३ अंक भए पनि दोस्रो स्थानमा झरेको छ । ६० अंकसहित लियोन तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस